Like us!
Follow us!
Connect us!
Watch us!

टिकटक माथिको प्रतिबन्ध निरंकुशताको बाटो हो : राजेन्द्र लिङ्देन

अर्थ संसार

सोमबार, २७ कार्तिक २०८०, २२ : ०९ मा प्रकाशित

टिकटक माथिको प्रतिबन्ध निरंकुशताको बाटो हो : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त रहेको बताएका छन्।  उनले यो निर्णय निरंकुशताको बाटो हो पनि भनेका छन्। 

उनले यस टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने बताएका छन्। उनले आफ्नो सामाजिक संजाल मार्फत,'आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिन्छ।' लेखेका छन्। 

उनले प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट यस्तो कुरा आएको  भन्दै कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक रहेको  तर त्यही नाममा प्रतिबन्ध स्वीकार भने नगरिने बताएका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको