Like us!
Follow us!
Connect us!
Watch us!

भाइटीकामा डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आवहान

अर्थ संसार

बुधबार, २९ कार्तिक २०८०, ०७ : ५८ मा प्रकाशित

भाइटीकामा डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको आवहान

केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले तिहारको तिहारको भाइटीकामा डिजिटल वित्तीय सेवा प्रयोग गर्न वित्तीय चेतनामूलक सूचना दिएको छ। 

तिहारको पूर्वसन्ध्यामा केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको सिधै बैंक खातामा जम्मा हुने गरी डिजिटल माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।

बैंकले भनेको छ 'तिहारको अवसरमा हर्षोल्लासका साथ भाइटीका मनाउँदै हुनुहुन्छ भने दाजुभाइले आफ्ना दिदीबहिनीलाई दक्षिणा वा उपहारस्वरूप नगदको सट्टा उहाँहरूकै खातामा रकम ट्रान्स्फरमार्फत उपहार दिई डिजिटल वित्तीय सेवाको बानी बसालौं ।'

'यो सजिलो र भरपर्दो मात्र नभई रकम तत्कालै प्राप्त हुने र सोझै बचत पनि हुने हुँदा बैंक वा वित्तीय संस्था वा एटीएमसम्म जाने झन्झट पनि हुँदैन ।' बैंकको सूचनामा उल्लेख छ। 

 

65542990aef2f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको