Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावर कम्पनीको अधिकांश सूचकमा पहिरो !

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, ११ : ३९ मा प्रकाशित

अपि पावर कम्पनीको अधिकांश सूचकमा पहिरो !

अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्टमा अपिको अधिकांश सूचकमा पहिरो गएको छ। 

खुद नाफा

उक्त विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ऋणातमक देखिएको छ। यस त्रैमास सम्म कम्पनी ४ करोड ४९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ  । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ३ करोड ९६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

विद्युत बिक्री आम्दानी

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेको छ । यस त्रैमास सम्म कम्पनी विद्युत बिक्रिबाट २६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १५ करोड १८ लाख  ७६  हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पूँजी

कम्पनीकाे चुक्ता पूँजी ५ अर्ब ८० करोड ५९ लाख रुपैयाँ रहेकाे छ ।

ईपीएस

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ०.२९ रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्ष यस त्रैमास सम्म कम्पनीको ईपीएस ४.१३ रुपैयाँ रहेको छ। 

मूल्य आम्दानी अनुपात 
५९३.७० गुणा ऋणात्मक 

कम्पनीकाे प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ४५ पैसा रहेको छ ।

6555aefb7b44d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको