Like us!
Follow us!
Connect us!
Watch us!

भारतको टाटा टेक्नोलोजीले दुई रुपैयाँ फेस भ्यालु भएको आइपिओ ४७५ देखि ५०० सम्म बिक्री गर्दै

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, १४ : ३४ मा प्रकाशित

भारतको टाटा टेक्नोलोजीले दुई रुपैयाँ फेस भ्यालु भएको आइपिओ ४७५ देखि ५०० सम्म बिक्री गर्दै

भारतको प्रख्यात टाटा मोटर्सअन्तर्गतको टाटा टेक्नोलोजीले आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले २२ नोभेम्बर देखि २४ नोभेम्बरसम्म ६ करोड ८ लाख ५० हजार दुई सय ७८ कित्ता आइपिओ खुलाउन लागेको हो । आइपिओको मूल्य न्यूनतम ४७५ देखि ५०० भारतीय रुपैयाँसम्म तोकिएको छ । उक्त कम्पनीको सेयरको फ्लोर प्राइस फेस भ्यालुको २३७.५ गुणा र क्याप प्राइस फेस भ्यालुको २५० गुणा बढी राखिएको छ । कम्पनीको सेयरको फेस भ्यालु भने दुई रुपैयाँ हो ।

कम्पनीको आइपिओमा कम्तिमा ३० कित्ताका लागि आवेदन दिन सकिनेछ जसमध्ये ५० प्रतिशत योग्य संस्थागत लगानीकर्ता, खुद्रा लगानीकर्तालाई ३५ प्रतिशत र बाकिँ १५ प्रतिशत नन ईन्स्टिच्युटनल लगानीकर्तालाई छुट्टाइएको छ । आइपिओ बाँडफाँड नोभेम्बर ३० मा हुनेछ भने लगानीकर्ताको डिम्याटमा डिसेम्बर ४ मा सेयर आएर डिसेम्बर ५ मा बम्बे स्टक एक्सचेञ्ज र नेसनल स्टक एक्सचेञ्ज अफ इन्डियामा सेयर सूचीकृत हुनेछ ।

यस कम्पनीको आइपिओ अफर अन सेल (ओएफएस) अर्थात प्रमोटरले बिक्री गर्न लागेको आइपिओ हो । यसबाट कम्पनीले कुनै लगानी प्राप्त गर्नेछैन । कुल कित्तामध्ये टाटा टेकले आफूसँग रहेको चार करोड ६२ लाख ७५ हजार कित्ता, अल्फा होल्डिङले ९७ लाख भन्दा बढी कित्ता र टाटा क्यापिटल ग्रोथ फन्ड २ ले ४८ लाख भन्दा बढी कित्ता सेयर बेच्न लागेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको