सेन्ट्रल फाईनान्स लिमिटेडले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। कार्तिकको तुलनामा फाइनान्सको मंसिर महिनाको मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेको छ।
फाइनान्सले जारी गरेको सूचना अनुसार मंसिर महिना देखि साधारण बचत खातामा अधिकतम ८.५० प्रतिशत ब्याजदर प्रदान गरिने छ । कात्तिक महिनामा पनि अधिकतम ८.५ प्रतिशत दिदैं आएको थियो।
फाइनान्सले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम जम्मा ११ प्रतिशत ब्याजदर तय गरेको छ । मुद्दति निक्षेप मै संस्थागत निक्षेपकर्ताले भने ९ प्रतिशत ब्याज पाउने छन् .
फाइनान्सका सूचनाका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम तिकिनेछ। फाइनान्सको असोज महिनाको आधार दर भने १२.९५ प्रतिशत रहेको छ।
फाइनान्सले कात्तिकसम्म भने व्यक्तिगत मुद्दति खातामा ११ र संस्थागतमा ९ प्रतिशत ब्याज दिंदै आएको थियो ।
हेर्नुहोस सूचना
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस