वाणिज्य बैंकहरूले असार २०८२ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन तथा बैंकहरूको आन्तरिक तरलता स्थितिलाई ध्यानमा राख्दै केही बैंकहरूले ब्याजदर घटाएका छन् भने धेरैजसो बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।
२० वटा वाणिज्य बैंकमध्ये १५ वटाले जेठ महिनाकै ब्याजदर कायम राखेका छन्। तर ५ वटा बैंकले ब्याजदर घटाएका छन्। यही कारणले गर्दा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर जेठ महिनाको ५.९५२ प्रतिशतबाट घटेर असारमा ५.९०२ प्रतिशतमा झरेको छ।
जेठको तुलनामा असार महिनामा ब्याजदर घटाउने बैंकहरू निम्न छन्:
कृषि विकास बैंक: ५.५१ प्रतिशतबाट घटाएर ५.४५ प्रतिशत
कुमारी बैंक: ५.९१ प्रतिशतबाट घटाएर ५.७१ प्रतिशत
एनएमबि बैंक: ६.६ प्रतिशतबाट घटाएर ६ प्रतिशत
एभरेस्ट बैंक: ६.६४ प्रतिशतबाट घटाएर ६.५५ प्रतिशत
एनआईसी एशिया बैंक: ६.६ प्रतिशतबाट घटाएर ६.५५ प्रतिशत
सबैभन्दा धेरै गिरावट एनएमबि बैंकको ब्याजदरमा देखिएको छ, जसले ०.६ प्रतिशत विन्दुले ब्याज घटाएको छ।
नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक र लुम्बिनी बैंकले अघिल्लो महिनाकै दरलाई असार महिनामा निरन्तरता दिएका छन्।
असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ६.५५ प्रतिशत ब्याज एभरेस्ट बैंक र एनआईसी एशिया बैंकले दिएका छन्। त्यसैगरी, सबैभन्दा कम ब्याजदर कृषि विकास बैंक र नेपाल बैंकको ५.४५ प्रतिशत रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस