Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरूको आधार दर घटेर ६.४६% मा झर्यो!

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, ०६ : ४५ मा प्रकाशित

वाणिज्य बैंकहरूको आधार दर घटेर ६.४६% मा झर्यो!

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्म ब्याजदरमा गिरावट आएको छ भने वित्तीय पहुँचमा विस्तार देखिएको छ।

ब्याजदरमा गिरावट
२०८१ माघमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.८६ प्रतिशत रहेको छ, जुन २०८० माघमा ३.३४ प्रतिशत थियो। बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर पनि अघिल्लो वर्षको ३.०४ प्रतिशतबाट ३.०० प्रतिशतमा झरेको छ।

वाणिज्य बैंकहरूको औसत आधार दर २०८१ माघमा घटेर ६.४६ प्रतिशत पुगेको छ, जुन २०८० माघमा ९.०६ प्रतिशत थियो। विकास बैंकहरूको आधार दर ८.५२ प्रतिशत (२०८० माघमा ११.१३ प्रतिशत) र वित्त कम्पनीहरूको ९.३९ प्रतिशत (२०८० माघमा १२.७० प्रतिशत) रहेको छ।

बैंकहरूको कर्जाको भारित औसत ब्याजदरमा पनि गिरावट आएको छ। वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर २०८१ माघमा ८.५५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ११.०८ प्रतिशत थियो। विकास बैंकहरूको कर्जा ब्याजदर १२.८५ प्रतिशतबाट घटेर ९.९० प्रतिशतमा आएको छ भने वित्त कम्पनीहरूको कर्जा ब्याजदर १३.९३ प्रतिशतबाट १०.८८ प्रतिशतमा झरेको छ।

वित्तीय पहुँच विस्तार
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या २०८१ माघसम्ममा १०७ पुगेको छ। जसमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था, र १ पूर्वाधार विकास बैंक रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या पनि २०८१ असारमा ११,५३० रहेकोमा २०८१ माघमा बढेर ११,५४० पुगेको छ, जसले वित्तीय पहुँच विस्तार भैरहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको