सिद्धार्थ बैंकले भाद्र महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले भदौ १ गतेदेखि लागू हुने बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ न्यूनतम ३.५ प्रतिशत र अधिकतम ५.५ प्रतिशत र व्यक्तिगततर्फ न्यूनतम ५ प्रतिशत र अधिकतम ६.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
साउनमा बैंकले संस्थागततर्फ न्यूनतम ४ प्रतिशत र अधिकतम ५.५ प्रतिशत र व्यक्तिगततर्फ न्यूनतम ५. ५ प्रतिशत र अधिकतम ६.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
तेस्तै बैंकले साधारण बचत खातामा न्यूनतम ३.०० शतदेखि अधिकतम ४ . ५० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस