कर्णाली विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको इम्पेरमेन्ट चार्ज घट्दा नाफामा आकर्षक वृद्धि भएको छ ।
खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यस त्रैमासमा बैंकको खुद नाफा ४ करोड ८ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १ करोड ६४ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब १४८.३ प्रतिशतले बढेको हो ।
खुद ब्याज आम्दानी - पहिलो त्रैमास सम्ममा बैंकले ४ करोड १८ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५ करोड ३१ लाख रहेको थियो । यो करिब २१.२५ प्रतिशतको गिरावट हो ।
सञ्चालन मुनाफा - पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ७ करोड १६ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ४ करोड ७६ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब ५०.५४ प्रतिशतले बढेको हो ।
वितरणयोग्य मुनाफा : तीन करोड ३२ लाख रुपैयाँ
खराब कर्जा अनुपात : अघिल्लो वर्षको ३.१२ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर ४.७४ प्रतिशत पुगेको छ।
इम्पेरमेन्ट चार्ज : पहिलो त्रैमासिकमा इम्पेरमेन्ट चार्ज २ करोड ९८ लाख रुपैयाँले रिभर्सल भएपछि बैंकको नाफा बढेको हो ।
प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ८.१३ रुपैयाँले रहेको छ ।
मूल्य आम्दानी अनुपात : ३१ गुणा (अन्तिम मूल्य २९२ रुपैयाँ)
प्रति सेयर नेटवर्थ : ११५ रुपैयाँ ६० पैसा
चुक्ता पूँजी : ५० करोड २८ लाख रुपैयाँ
जगेडा कोष : ३ करोड ३२ लाख रुपैयाँ
निक्षेप संकलन तथा कर्जा परिचालन : त्रैमास सम्म बैंकले ४ अर्ब ५२ करोड बढी निक्षेप संकलन गरी ३ अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४ अर्ब ३८ करोड बढी निक्षेप संकलन गरी ३ अर्ब २८ करोड बढी कर्जा परिचालन गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस