Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंक मौद्रिक समीक्षाको अन्तिम तयारीमा, के होला त रिक्स वेटेजमा पुनरावलोकन ?

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १९ : ०० मा प्रकाशित

राष्ट्र बैंक मौद्रिक समीक्षाको अन्तिम तयारीमा, के होला त रिक्स वेटेजमा पुनरावलोकन ?

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको अन्तिम तयारीमा पुगेको छ । राष्ट्र बैंकका सह प्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोख्रेल भन्छन्, 'बैंक वित्तिय संस्थाका तथ्याङ्कहरू आइसकेका छन्, राष्ट्र बैंक अहिले पहिलो समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ ।' 

राष्ट्र बैंकका विभागहरुबाट आएका अनुसन्धानहरुलाई अब मेनेजमेन्ट कमिटीमा गहन छलफल हुन्छ र बोर्ड बैठकले पास गरेपछि समीक्षा सार्वजनिक हुने सह प्रवक्ता डा. पोखरेलले अर्थ संसारलाई बताए । उनले कुन दिन समीक्षा सार्वजनिक हुन्छ भन्नेचाहिँ निर्णय भई नसकेको बताए । 

मंसिर ७ गते बिहीबार या ८ गते शुक्रबारलाई लक्षित गरी तयारी गरेका छौं, तर बाह्य दवाब या प्रभावले छलफल लम्बिए केही दिन पर धकेलिन पनि सक्छ,राष्ट्र बैंक एक उच्च स्रोतले अर्थ संसारलाई बतायो । 

मौद्रिक नीतिको पहिलो समीक्षामा सेयर बजारका लगानीकर्ताले सेयर धितो कर्जाको औषत भारित दर ( एभरेज रिक्स वेटेज) लाई केही पुनरावलोकन हुन्छ की भन्ने आसा राखेका छन् । राष्ट्र बैंकले असोज महिनामा सेयर धितो कर्जाको सीमालाई पुनरावलोकन गरेको थियो ।

अधिकतम १२ करोड सीमालाई बढाउँदै व्यक्तिगत तर्फ १५ र संस्थागत लगानीकर्तालाई २० करोड बनाइएको थियो । सेयर धितोको सीमालाई बढाएता पनि सेयर बजार सूचकांक नेप्से इन्डेक्स भने बढ्न सकेको छैन । त्यसैले समीक्षामा सेयर धितो कर्जाको एभरेज रिक्स वेटेजलाई केही खुकुलो बन्न सक्ने बताइन्छ । यझपि, राष्ट्र बैंकले यसबारे संकेत भने गरेको छैन । अहिले ५० लाख माथिको सेयर धितो कर्जाको एभरेज रिक्स वेटेज १ सय ५० प्रतिशत छ । ५० लाख भन्दा कम सेयर धितो कर्जामा भने एभरेज रिक्स वेटेज १ सय प्रतिशत मात्र छ । सेयर धितो कर्जामा एभरेज रिक्स वेटेज कम हुँदा बैंकलाई कर्जा दिन सहज हुन्छ भने लगानीकर्ताले पनि केही सहजरुपमा कम ब्याजदरमा कर्जा पाउन सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको