Like us!
Follow us!
Connect us!
Watch us!

बलेफी हाइड्रोको घाटा आठ करोड बढी

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १३ : २८ मा प्रकाशित

बलेफी हाइड्रोको घाटा आठ करोड बढी

बलेफी हाइड्रोले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । २०७९ को मङ्सिरबाट विद्युत उत्पादन थालेपनि हाइड्रोको घाटा भने आठ करोड नाघेको छ ।

खुद नाफा/घाटा - अघिल्लो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद घाटा दोब्बरले बढेको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा आठ करोड १६ लाख रुपैयाँ पुगेको छ जुन गत त्रैमासमा ४ करोड पाँच लाख रुपैयाँ रहेको थियो । खुद घाटा करिब १०१ प्रतिशतले बढेको हो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिमा कम्पनीले विद्युत व्यापारबाट २५ करोड ५२ लाख आम्दानी गरेको छ । अघिल्लो त्रैमासमा कम्पनीले विद्युत व्यापारबाट ५६ करोड ८९ लाख कमाएको थियो ।

वितरणयोग्य मुनाफा : आठ करोड १७ लाख रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ४ रुपैयाँ ९७ पैसाले ऋणात्मक रहेको छ ।

मूल्य आम्दानी अनुपात : -४७.२४ गुणा (अन्तिम मूल्य : १९७ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ७६ रुपैयाँ १६ पैसाले ऋणात्मक

चुक्ता पूँजी : एक अर्ब ८२ करोड ७९ लाख रुपैयाँ

जगेडा कोष : ४३ करोड ५७ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले ३६ मेगावाटको अप्पर बलेफी ए हाइड्रोबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको