आरएसडिसी लघुवित्तले घोषणा गरेको ८.६ प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ ।
नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार उक्त कम्पनीको सेयर कारोबार ४८७.७ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ५२९.७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मङ्सिर ७ गते बुकक्लोज गर्दैछ । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश गरि कुल ९.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस