Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय खर्च चुलिँदा हिमालयन पावर पार्टनरको घाटा नौ करोड बढी

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १६ : ४३ मा प्रकाशित

वित्तीय खर्च चुलिँदा हिमालयन पावर पार्टनरको घाटा नौ करोड बढी

हिमालयन पावर पार्टनर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत उत्पादनबाट हुने आम्दानी बढेपनि हाइड्रोको घाटा भने नौ करोड नाघेको छ ।

खुद नाफा/घाटा - अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद घाटामा भारी वृद्धि आएको छ । यस त्रैमासमा कम्पनीको खुद घाटा नौ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनी ८७ लाख रुपैयाँ नाफामा रहेको थियो ।

विद्युत व्यापारबाट आम्दानी - यस अवधिमा कम्पनीले विद्युत व्यापारबाट ९ करोड ९६ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म कम्पनीले विद्युत व्यापारबाट एक करोड ३४ लाख कमाएको थियो ।

वितरणयोग्य मुनाफा : नौ करोड ४० लाख रुपैयाँले ऋणात्मक

प्रति सेयर आम्दानी : इपीएस यो त्रैमासमा ८ रुपैयाँ ८२ पैसाले ऋणात्मक रहेको छ ।

मूल्य आम्दानी अनुपात : -२४.८२ गुणा (अन्तिम मूल्य : २१९ रुपैयाँ हुँदा)

प्रति सेयर नेटवर्थ : ९१ रुपैयाँ ०९ पैसा

चुक्ता पूँजी : एक अर्ब ६ करोड ५४ लाख रुपैयाँ

जगेडा कोष : ९ करोड ४९ लाख रुपैयाँले ऋणात्मक

कम्पनीले २७ मेगावाटको दोर्दी खोला हाइड्रोबाट विद्युत उत्पादन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको