Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने एक पक्राउ

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, १७ : ०५ मा प्रकाशित

सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालमा नाबालिकाको चरित्रहत्या गर्ने एक युवक पक्राउ परेका छन् ।

नाबालिकाको तस्वीरको दुरुपयोग गरी फेक आइडी बनाएर उनको आफन्त तथा साथीहरुलाई उक्त तस्वीर पठाई अश्लील कमेन्ट लेखेको भन्दै प्रहरीको साइबर ब्युरोमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा प्रहरीले संखुवासभा चैनपुर-१० घर भई हाल ललितपुर महालक्ष्मी-३ इमाडोल बस्दै आएका १८ वर्षीय अनिष भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।

भट्टराईलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल टिकटकले समाजमा अस्थीरता निम्त्याएको भन्दै केही दिन अघि सरकारले उक्त सामाजिक सञ्जाल माथि प्रतिबन्ध लगाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको