एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ग्रोथ फण्ड २ को आवेदन दिन म्याद थपिएको छ । मंसिर ४ गतेदेखि खुला यस फण्ड अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिने छ।
यस फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा आएको छ । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न खुला गरेको छ।
यो एक बन्दमुखी योजना हो।
यस फण्डका अरु जानकारी यस प्रकार छन :
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सकिनेछ ।
कहिलेसम्म दिने आवेदन ?
मंसिर १८ गतेसम्म आवेदन म्याद थप ।थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५ करोड इकाई खरिद गर्न आवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ। तर न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र आवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।
को हो बिक्री प्रबन्धक ?
यसमा बिक्री प्रबन्धकको कामएनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
कति वर्षे ?
यो ७ वर्षे योजना हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस