Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले आईपीओ र हकप्रदको रोकेपछि रिसाए जलविद्युत उद्यमी, बोर्ड खुला बजार नीति विपरित गएको आरोप

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, १९ : ०१ मा प्रकाशित

सेबोनले आईपीओ र हकप्रदको रोकेपछि रिसाए जलविद्युत उद्यमी, बोर्ड खुला बजार नीति विपरित गएको आरोप

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री कार्यलयदेखि अर्थमन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् । 

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भइ धेरै कम्पनीहरुको धितोपत्र निष्कासन गरेकोमा त्यसको सरहाना गरेपनि यतिबेला भने बोर्ड खुला बजार नीति विपरित जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताए ।

कुनै कम्पनीबाट ऐन नियम विपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरिवेक्षण तथा छानबीन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधि प्रति ऊर्जा उद्यमीहरुले असन्तुष्टि जनाएका छन् । 

केही कम्पनीका संस्थापकहरुले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्काशन गर्न रोक्न नहुने र यसो गरेमा यो क्षेत्र नै धरासायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ । 

नेपाल धितोपत्र बोर्डबाट विगतमा सहज रुपमा धितोपत्र निष्काशन भइरहेको र हाइड्रोपावर कम्पनीहरुले सहज रुपमा निष्काशन अनुमति पाएपछि यस क्षेत्र उत्साहित भई धेरै कम्पनीहरु निष्कानका लागि निवेदन दिन थालेका थिए । तर हाल धितोपत्रको आपूर्ति बढी भएको भन्ने बहानामा धितोपत्रको सार्वजनिक तथा हकप्रद निष्काशनमा ढिलाई गरेकोमा उद्यमीहरुको आपत्ति छ । 

हाइड्रोपावर कम्पनीहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको अवस्थामा यसको योगदानलाई कदर गरी आवश्यकता अनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाले बताए ।

पुँजी बजारमा आउने सबै कम्पनीहरुलाई समान रुपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आईपीओ तथा हकप्रद सेयर निष्काशन गर्न रोक्न नहुने उर्जा उद्यमीहरुको माग रहेको छ .

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको