Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटकका लागि खुल्दै चीन, अब यी देशका नागरिकलाई चीन जान भिसा नचाहिने

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, १४ : ३२ मा प्रकाशित

पर्यटकका लागि खुल्दै चीन, अब यी देशका नागरिकलाई चीन जान भिसा नचाहिने

चीनले अस्थायी रुपमा फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, स्पेन र मलेसियाका नागरिकलाई चीन भ्रमणमा आउँदा भिसा नचाहिने व्यवस्था गरेको छ ।

कोभिड महामारी पछि बिस्तारै लयमा फर्किन थालेको पर्यटन व्यवसायलाई मद्दत पुर्याउन चीनले ती देशका नागरिक चीन आवागमन सहग बनाउन भिसा नचाहिने नियम ल्याएको हो । आउँदो डिसेम्बर १ तारिखदेखि अर्को वर्षको नोभेम्बर ३० तारिखसम्म व्यापार, पर्यटन, आफन्त र साथीसँग भेटघाट तथा १५ दिन भन्दा कम समयको ट्रान्जिट बसोबासका लागि उक्त देशका नागरिकलाई भिसा नचाहिने भएको हो ।

कोभिड १९ महामारी फैलिएको तीन वर्षको समयमा अन्तर्राष्ट्रिय सीमामा निकै कडा बन्दाबन्दी गरेको चीनले महामारी पछि भने अन्तर्राष्ट्रिय सम्बन्ध बढाउँदै लगेको छ । चीनले केही समय अघि मात्र कैयौं अन्तर्राष्ट्रिय हवाई उडानहरु सुचारु गरेको थियो । यसैगरी व्यापार युद्ध, ताइवान सम्बन्ध लगायत विभिन्न कारणले अन्तर्राष्ट्रिय समुदायसँग बढेको दूरी घटाउन पनि चीनले प्रयासहरु थालेको हो ।

गत अगस्टमा चीनले सम्पूर्ण किसिमका कोभिड परीक्षणसम्बन्धि नियमहरु रद्द गरेको थियो भने यसै महिना भिसा फ्री ट्रान्जिटको सुविधा ५४ देशका लागि विस्तार गरेको थियो । चीनको पछिल्लो कदमको फ्रान्स, जर्मनी लगायतका देशले स्वागत गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको