Like us!
Follow us!
Connect us!
Watch us!

उदयपुरमा पिकनिक गएको बस दुर्घटना, तीनको मृत्यु

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, १५ : ३५ मा प्रकाशित

उदयपुरमा पिकनिक गएको बस दुर्घटना, तीनको मृत्यु

उदयपुरमा पिकनिक गएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको जलजलेस्थित अन्नपूर्ण बोर्डिङ स्कुलको बस दुर्घटनामा पर्दा दर्जनौँ जना घाइते भएको जनाइएको छ । पिकनिक गएको प्र-१-०५-००१ ख ००४४ नम्बरको स्कुल बस दुर्घटनाग्रस्त भएको हो । घटनामा मृत्यु हुनेमा बस चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा-६ की ७ वर्षीया सौम्या चौधरी र ६ वर्षीय विकास चौधरी रहेका छन् ।

मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट-कटारी खण्डको उदयपुरगढी-७ अँधेरीस्थित जोगीनीटोल नजिकै घुम्ती सडकमा अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । स्कुल बस भए पनि पिकनिक लागि बस भाडा लगिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको