Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा विकास बैंकको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १५ : १८ मा प्रकाशित

शाइन रेसुङ्गा विकास बैंकको बोनस पछि मूल्य समायोजन

शाइन रेसुङ्गा विकास बैंकले घोषणा गरेको १०.५ प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

नयाँ समायोजित मूल्य अनुसार अब सोमबार उक्त कम्पनीको सेयर कारोबार ३५२.९ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ३९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मङ्सिर ११ गते बुकक्लोज गर्दैछ । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

बैंकले मंसिर २३ गते, शनिबार ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा पन्ध्रौँ वार्षिक साधारण  बिहान ११ बजे बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको