Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला विकास बैंकको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १६ : ०० मा प्रकाशित

सांग्रिला विकास बैंकको बोनस पछि मूल्य समायोजन

सांग्रिला विकास बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

नयाँ समायोजित मूल्य अनुसार अब सोमबार उक्त कम्पनीको सेयर कारोबार २८०.९५ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर २९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मङ्सिर ११ गते बुकक्लोज गर्दैछ । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

बैंकले मंसिर २४ गते आइतबार लैनचौरस्थित लैनचौर ब्याक्वेटमा वार्षिक साधारण बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरि पारित गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको