Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकमार्फत माया जालमा पारी आइफोन पठाइदिएको छु भन्दै अनलाईन ठगी गर्ने युवती पक्राउ

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १७ : ४३ मा प्रकाशित

फेसबुकमार्फत माया जालमा पारी आइफोन पठाइदिएको छु भन्दै अनलाईन ठगी गर्ने युवती पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा विदेशी नागरिकको नाममा आइडी बनाई माया जालमा पारी आइफोन लगायत वस्तु पठाइदिएको छु भन्दै अनलाईन ठगी गर्ने एक युवती पक्राउ परेकी छन् ।

आफू टर्किस नागरिक एलेक्स बेन्जामिन भएको भन्दै पीडितहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाएर माया जालमा पारी प्रलोभन देखाएर ठगी गरेको आरोपमा सप्तरीको कञ्चनरूप नपा-९ घर भई हाल ललितपुर महालक्ष्मी नपा-३ ईमाडोल बस्ने २७ वर्षीया सुजता चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आइफोन, घडी, जुत्ता सुनका गरगहनाहरु, मेकअपको सामानहरु सहितको लगेज पठाई दिएको भन्दै सामानको फोटो समेत पठाई कुरियारको मान्छेले सम्पर्क गर्छ भनी पीडितसँग पैसा लिने गरेको प्रहरीले जनाएको छ ।

चौधरीले डेलिभरी मार्फत एयरपोर्टमा सामान आईपुगेको र कस्टम चार्ज, डेलीभरी चार्ज र ईन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भन्दै पिडितलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खातामा जम्मा एक लाख ३५ हजार रुपैयाँ जम्मा गराउन लगाएको प्रहरीले उल्लेख गरेको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाईएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको