Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले पायो तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको अनुमति

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १४ : ०१ मा प्रकाशित

नबिल बैंकले पायो तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनको अनुमति

नबिल बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले मङ्सिर १० गते एक हजार रुपैयाँ अङ्कित तीस लाख इकाई ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । बैंकले ९ प्रतिशत ब्याजदर भएको सात वर्षे "नबिल डिबेञ्चर २०८७" निष्काशन गर्न लागेको हो । कुल तीस लाख कित्तामध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कम्पनीले निजी तवरबाट बिक्री गर्नेछ भने बाँकी एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।

यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको