Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिइन्स्योरेन्सको आइपिओ रोक्न परेको रिट निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, १७ : ४० मा प्रकाशित

हिमालयन रिइन्स्योरेन्सको आइपिओ रोक्न परेको रिट निवेदनमा सर्वोच्चको कारण देखाउ आदेश

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा जारी गरेको आईपीओ रोक्न सर्वोच्च अदालतमा परेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलाशले दुवै पक्षलाई छलफलमा बोलाउँदै विपक्षीलाई कारण देखाउ आदेश दिएको हो । मङ्सिर ८ गते यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले रिइन्स्योरेन्सले प्रिमियममा जारी गरेको आईपीओ रोक्न रिट निवेदन दर्ता गरेका थिए । आइतबार न्यायाधीश विनोद शर्माको इजलाशले हेर्न नभ्याइने सूचीमा राखेको मुद्दामा आज न्यायाधीश चुडालले कारण देखाउ आदेश दिएका हुन् ।

नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर, नेपाल धितोपत्र बोर्डको संचालक समिति, नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल, हिमालयन रिईन्स्योरेन्स लि., बीमा प्राधिकरण कुपण्डोल ललितपुर, बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा बीमा प्राधिकरणको संचालक समितिलाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको