Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

मंगलबार, १२ मंसिर २०८०, १५ : ४९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको बोनस पछि मूल्य समायोजन

ग्लोबल आइएमई बैंकले घोषणा गरेको एक प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

नयाँ समायोजित मूल्य अनुसार अब बुधबार उक्त कम्पनीको सेयर कारोबार २०८.९१ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर २११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको थियो । 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भोलि मङ्सिर १३ गते बुकक्लोज गर्दैछ । अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

बैंकले मङ्सिर २८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि १७ औं साधारणसभाको बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको