Like us!
Follow us!
Connect us!
Watch us!

वारेन वफेटका दाहिने हात मानिने चार्ली मङ्गरको ९९ वर्षको उमेरमा निधन

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, १६ : ४६ मा प्रकाशित

वारेन वफेटका दाहिने हात मानिने चार्ली मङ्गरको ९९ वर्षको उमेरमा निधन

विश्वविख्यात लगानीकर्ता वारेन वफेटका दाहिने हात मानिने चार्ली मङ्गरको ९९ वर्षको उमेरमा निधन भएको छ ।

वफेटको बर्कसायर हाथवे कम्पनीका उपाध्यक्ष रहेका मङ्गरको मङ्गलबार क्यालिफोर्निया अस्पतालमा मृत्यु भएको हो । रियल स्टेट वकिल, डेली जर्नल कर्पोरेसनका अध्यक्ष तथा प्रकाशक एवम् समाजसेवी मङ्गरले हाथवे कम्पनीमा सामेल हुनु अघि नै निकै ठूलो रकम कमाइसकेका थिए ।

उनको मृत्युमा दुख व्यक्त गर्दै वफेटले चार्लीको प्रेरणा, ज्ञान र संलग्नता बिना बर्कसायर हाथवे आजको स्थानमा नपुग्ने बताए । मङ्गरले नै आफ्नो लगानीको दृष्टिकोणलाई व्यापक बनाइदिएको बताउँदै वफेटले समस्याग्रस्त कम्पनीलाई कम पैसामा खरिद गरेर नाफा कमाउनु भन्दा उच्च सम्भावना तर निम्न मूल्य भएका कम्पनी छान्न उनै मङ्गरले सिकाएको बताए ।

आगामी अङ्ग्रेजी नयाँ वर्षको दिन आफ्नो सयौं जन्मदिन मनाउनु अघि नै संसार छाडेका मङ्गरले सन् २०१७ मा बर्कसायरको मिटिङमा भनेको एउटा भनाईको भावानुवाद "मेरो एउटा साथी छ जसले भन्छ माछा त्यहाँ मार्नुपर्छ जहाँ माछा छन् । हामी माछा भएका ठाउँमा माछा मार्न अभ्यस्त भएका छौ ।" ट्रेडरका लागि निकै नै महत्वपूर्ण भनाई मान्ने गरिन्छ ।

सन् १९८० मा क्याटाराक्ट सर्जरीका क्रममा देब्रे आँखाको ज्योती गुमाएका मङ्गर सन् १९७८ देखि बर्कसायर हाथवेको उपाध्यक्ष रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको