Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको भिभिआइपी फ्लाइट पूर्वनिर्धारित समय अघि नै उड्दा सर्वसाधारण यात्रु छुटे

अर्थ संसार

विहीबार, १४ मंसिर २०८०, १२ : १६ मा प्रकाशित

प्रधानमन्त्रीको भिभिआइपी फ्लाइट पूर्वनिर्धारित समय अघि नै उड्दा सर्वसाधारण यात्रु छुटे

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल युएईको दुबई जाने क्रममा सोही विमानमा सँगै जान टिकट काटेका सर्वसाधारण यात्रु छुटेका छन् ।

नेपाल एयरलाइन्सको आरए २२९ विमानमा बुधबार राति ११:३० बजे दुबईतर्फ जान तय भएका ३१ यात्रुलाई छोडेरै ९:३० बजे नै त्यसतर्फ उडेको हो । निर्धारित समय भन्दा २ घन्टा अघि नै विमान उड्दा कतिपय यात्रुले जानकारी समेत नपाएको गुनासो गरेका छन् ।

नेपाल एयरलाइन्सले बिहीबार अर्को व्यवस्था गरी उनीहरुलाई दुबई लैजाने जनाएको छ । विमान चढ्न एयरपोर्ट पुगेका यात्रुलाई एयरलाइन्सले एक पत्र दिएर होटलमा लगेर राखेको थियो । पत्रमा भिभिआइपी उडानका कारण उडानलाई अघि सारिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको