Like us!
Follow us!
Connect us!
Watch us!

लामो गिरावट पछि ३.३३ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, १५ : १९ मा प्रकाशित

लामो गिरावट पछि ३.३३ अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

अघिल्लो साताको सोमबार देखि शुरु भएको सेयरबजारको ओरालो यात्रामा बुधबार ब्रेक लागेको छ । 

गत सोमबारबाटै घट्न थालेको नेप्से यो साताको आइतबार ७.२९, सोमबार ३.४२ अङ्कले र हिजो मङ्गलबार थप १०.१० अङ्कले घटेको थियो । मौद्रिक नीतिको समीक्षा नजिकिँदै गर्दा लगानीकर्ता अन्योलको स्थितिमा रहेका छन् ।

आज ३.३३ अङ्कले बढेर नेप्से परिसूचक १८४१.०४ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ रुपैयाँ पुगेको छ । बजार बढ्दा आज कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउनेतर्फ ग्लोबल आएमई लघुवित्त, विजय लघुवित्त, मन्दाकिनी हाइड्रो, मोलुङ हाइड्रोपावर र गणपति लघुवित्तका लगानीकर्ता रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये सिङ्गटी हाइड्रोपावर रह्यो । उक्त कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक १.२१ प्रतिशतले बढ्दा ननलाइफ उपसूचक ०.७९ र लघुवित्त उपसूचक ०.५१ प्रतिशतले बढे । आज उत्पादन उपसूचक सर्वाधिक ०.७ प्रतिशतले घट्दा होटल एन्ड पर्यटन उपसूचक ०.३९ प्रतिशत र फाइनान्स उपसूचक ०.२१ प्रतिशत घटे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको