Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

अर्थ संसार

शुक्रबार, २२ मंसिर २०८०, १० : ११ मा प्रकाशित

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

ज्योति विकास बैंक लिमिटेडको सिइओमा कपिल ढकाल नियुक्त भएका छन् ।

मङ्सिर २० गते बसेको बैंकको सञ्चालक समितिको ४७१औं बैठकले कपिल ढकाल लाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल २०८० मङ्सिर २० गते देखि लागु हुनेगरि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । उनी यसअघि ज्योति विकास बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकमा आवद्ध थिए ।

पेशाले चार्टर्ड एकाउन्टेन्ट रहेका कपिल ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । उनी एनआईसी एसिया क्यापिटल लिमिटेड र एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रहनुका साथै हाल ज्योति क्यापिटल लिमिटेडको अध्यक्ष पनि रहेका छन् ।

नव-नियुक्त बैंकका प्रमुख कार्यकारी कपिल ढकालको नेतृत्वमा आगामी दिनमा थप सबल, ग्राहकमैत्री र सुदृढ बैंकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई बैंकले समाजप्रति उत्तरदायीत्व पूरा गरिरहेको जनाएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको