Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तले घोषणा गर्यो लाभांश, ५ प्रतिशत नगद लाभांश दिँदा बोनस सेयर कति?

अर्थ संसार

आइतबार, २४ मंसिर २०८०, १० : २९ मा प्रकाशित

साना किसान लघुवित्तले घोषणा गर्यो लाभांश, ५ प्रतिशत नगद लाभांश दिँदा बोनस सेयर कति?

साना किसान लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

लघुवित्तको मङ्सिर २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँको १५ प्रतिशतले हुन आउने ४९ करोड ९७ लाख ४२ हजार सात सय ३० रुपैयाँ बराबरको बोनस सेयर र पाँच प्रतिशतले हुन आउने  १६ करोड ६५ लाख ८० हजार नौ सय १० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको