समता लघुवित्तले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।
लघुवित्तको मङ्सिर २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कुल ५.७०७६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी ३९ करोड ४१ लाख ५५ हजार आठ सय २१ रुपैयाँको ५.४२२२ प्रतिशतले हुन आउने दुई करोड १३ लाख ७२ हजार ७१ रुपैयाँ बराबरको बोनस सेयर र ०.२८५४ प्रतिशतले हुन आउने ११ लाख २४ हजार आठ सय ४५ रुपैयाँ नगद कर प्रयोजनका लागि वितरण गर्न लागेको हो ।
कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना अनुपात ७०:३० कायम गराउन नपुग तीन करोड ३२ लाख ८५ हजार ६ सय रुपैयाँ बराबरको तीन लाख ३२ हजार आठ सय ५६ कित्ता सेयर एफपिओमार्फत सार्वजनिक निष्काशन सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारण सभा संचालन प्रयाजनार्थ बुक क्लोज भन्दा अगावै उक्त शेयर समायोजन भए समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने पनि कम्पनीले जनाएको छ ।
कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस