Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

अर्थ संसार

मंगलबार, २६ मंसिर २०८०, १० : २७ मा प्रकाशित

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

लघुवित्तको मङ्सिर २६ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले कुल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी तीन अर्ब ३८ करोड २८ लाख २१ हजार दुई सय ८६ रुपैयाँको ४.५ प्रतिशतले हुन आउने १५ करोड २२ लाख २६ हजार नौ सय ५७ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) र ४ प्रतिशतले हुन आउने १३ करोड ५३ लाख १२ हजार आठ सय ५१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको