Like us!
Follow us!
Connect us!
Watch us!

श्री फाइनान्सले घोषणा गर्यो लाभांश

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, १० : ०८ मा प्रकाशित

श्री फाइनान्सले घोषणा गर्यो लाभांश

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको मङ्सिर २६ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले ५.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार २ सय रुपैयाँको ५.०५ प्रतिशतले हुन आउने चार करोड ९५ लाख ७५ हजार एक रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको