Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, ११ : १७ मा प्रकाशित

लक्ष्मी सनराइज बैंकले घोषणा गर्यो लाभांश

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको मङ्सिर २६ गते मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने एक अर्ब ५१ करोड ६९ लाख १६ हजार ६ सय ५० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशतले हुन आउने सात करोड ९८ लाख ३७ हजार सात सय १८ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको