Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारीमा गणेश कुमार केसी

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, ११ : ३९ मा प्रकाशित

सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारीमा गणेश कुमार केसी

सिन्धु विकास बैंक लिमिटेडको संचालक समितिको बैठकले २०८० साल पौष १ गते देखि लागु हुने गरी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त गरेको छ । 

केसीसँग बिभिन्न बैंक तथा बित्तिय संस्थामा करिब २० बर्ष भन्दा बढीको कार्य अनुभवको साथसाथै मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंक लि.को आन्तरिक लेखा परिक्षण विभागमा विभागीय प्रमुखको समेत कार्य गरेको अनुभव रहेको छ । उनको नेतृत्वमा बैंकले थप उचाई हासिल गर्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।

बैंकको सञ्चालक समितिमा कर्मचारी संचय कोष लगायत यसै बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा अनुभवी र ब्यावसायिक ब्यक्तित्वहरु रहेका छन् । बैंकले न्युनतम ब्याजदरमा सर्वसुलभ तरिकाले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै निशुल्क एबिबिएस, सि-आस्वा, आइपिएस, इसिसी, मोबाइल बैंकिङ, मर्चेन्ट पेमेन्ट लगायत सम्पुर्ण बैंकिङ सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ । 

हाल बैंकले प्रधान कार्यालय, बाह्रविसे तथा बनेपास्थित कर्पोरेट कार्यालय तथा शाखा कार्यालयहरु मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा, ठोकर्पा, सुकुटे, लामोसाँघु तथा खोलेसिमल गरी गरी कुल २६ शाखा तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित कूल २७ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको