Like us!
Follow us!
Connect us!
Watch us!

धुलिखेल जीपलाइनमा 'विन्टर अफर', कति लाग्छ शुल्क ? कसरी पुग्न सकिन्छ ?

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, १२ : ४८ मा प्रकाशित

धुलिखेल जीपलाइनमा 'विन्टर अफर', कति लाग्छ शुल्क ? कसरी पुग्न सकिन्छ ?

नेपालकै पहिलो सुपरम्यान जिपलाइन धुलिखेल जिपलाइनले 'विन्टर अफर' सार्वजनिक गरेको छ । अफर अन्तर्गत सबैखाले जिपलाइन खेल्दा २० प्रतिशत छुट पाइनेछ ।

धुलिखेल जिपलाइनमा ३ हजार रुपैयाँमा नै फोटो, भिडिओसहित जिपलाइन नै खेल्न पाइने भएपछि यसप्रति आकर्षण ह्वात्तै बढेको कम्पनीले जनाएको छ । सर्वसुलभ मूल्यमा राजधानी नजिकै भएकाले पनि धुलिखेल जिपलाइन सहज आकर्षक गन्तव्य बनेको हो ।

क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन वर्ल्ड–वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालनमा ल्याएको ४ वर्ष भएको छ । सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो ।

जिपलाइनले धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको दूरीमा रहेको पाँचखालको खावालाई जोडेको छ । जिपलाइनमा औसत ७५ किमि प्रतिघण्टाको गतिमा हुत्तिदै करिब ३०० मिटर भर्टिकल ड्रपमा उडेर नजिकका खेतबारी, जङ्गलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

सिन्धुपाल्चोकका केदार थापा र काठमाडौंका भुपेश श्रेष्ठले धुलिखेल जिपलाइन सुरू गरेका हुन् । युरोपियन र अमेरिकी सुरक्षा मापदण्डमा आधारित भएर निर्माण गरिएको र सुरक्षामा कुनै कसर बाँकी नराख्ने भएकाले ढुक्कसँग जिपलाइनको मज्जा लिन सकिने सञ्चालक बताउँछन् ।

कति लाग्छ शुल्क ?

क्लासिक जिपलाइन २५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २ हजार रुपैयाँमा खेल्न सकिन्छ ।  सुपरम्यान ३५ सय रुपैयाँ रहेकोमा छुटपछि जम्मा २८ सय रुपैयाँमा खेल्न पाइन्छ । टेन्डम (जोडी) खेल्दा ४ हजार ५ सय रहेकोमा छुटपछि जम्मा ३६ सय रुपैयाँमा जीपलाइनको मज्जा लिन सकिन्छ । यो अफर डिसेम्बर २८ सम्म उपलब्ध रहेको सञ्चालकले जानकारी दिए ।

कसरी पुग्ने ?

काठमाण्डौँको बानेश्वरदेखि ३५ किलोमिटर दूरीमा रहेको धुलिखेल जिपलाइन पुग्न सार्वजनिक सवारीसाधन सहजै पाइन्छ । धुलिखेल बजारबाट पाँचखालतर्फ तीन किलोमिटर अगाडि थाक्लेमा जिपलाइनको टेकअफ स्टेशन रहेको छ ।

जिपलाइन गरिसकेपछि ल्याण्डिङ स्टेशनबाट टेकअफ स्टेशनसम्म कम्पनीकै गाडीले फिर्ता ल्याइदिन्छ । सुकुटे, कालिञ्चोक, तातोपानी क्षेत्र यात्रा गर्दा धुलिखेल जिपलाइन बाटोमै पर्ने हुँदा केही मिनेट रोकिएर जिपलाइनको मज्जा लिएर जान सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको