Like us!
Follow us!
Connect us!
Watch us!

बाराही जंगल लज 'मस्ट इन्स्पिरेसनल इको लज' अवार्डबाट सम्मानित

अर्थ संसार

बुधबार, २७ मंसिर २०८०, १४ : ४५ मा प्रकाशित

बाराही जंगल लज 'मस्ट इन्स्पिरेसनल इको लज' अवार्डबाट सम्मानित

चितवनको बाराही जंगल लज २०२३ को 'मस्ट इन्स्पिरेसनल इको लज' अवार्डबाट सम्मानित भएको छ ।

बाराही हस्पिटालिटीको लगानीमा चितवनमा रहेको बाराही जंगल लजलाई टफ्ट टाइगर वाइल्ड लाइफ अवार्ड अन्तर्गत सो अवार्ड प्रदान गरिएको हो । टफ्ट टाइगरका संस्थापक जुलियन म्याथ्युज र विशाल सिंहले लजका जनरल म्यानेजर प्रकाश चन्दलाई सो अवार्ड प्रदान गरेका हुन् ।

 जोन वेकफिल्ड मेमोरियल अवार्ड सन् २०२३ मा 'मस्ट इन्स्पिरेसनल इको लज'को रुपमा रहेको चितवनको बाराही जंगल लजलाई प्रदान गरिएको सम्मानपत्रमा जानकारी दिइएको छ । टफ्ट टाइगर अवार्ड भारतमा सन् २०१० मा स्थापना गरिएको अवार्ड कार्यक्रम हो । पर्यटन क्षेत्रको दीगो विकासमा उल्लेखनीय योगदान पुर्‍याएबापत हरेक वर्ष यो अवार्ड विभिन्न मुलुकका पर्यटकीय क्षेत्रमा योगदान पुर्‍याउने कम्पनीलाई दिइन्छ । जसअन्तर्गत नेपालको बाराही जंगल लजले यो अवार्ड हात पारेको हो ।

 बाराही जंगल लज 'टफ्ट टाइगर' अन्तर्गत इको सर्टिफाइड लज पनि हो । यस लज २०१५ देखि हालसम्म निरन्तर उच्च स्तरको (आउटस्ट्याण्डिङ प्राक्टिस) बिधा अन्तर्गत सर्टिफाइड हुँदै आएको छ । हालै 'आइएसओ-१४००१' बाट पनि अन्तर्राष्ट्रिय स्तरको इन्भाइरन्मेन्टल म्यानेजमेन्ट सिस्टम्स् (इएमएस) सहितको लजको रुपमा बाराही जंगल लज सर्टिफाइड समेत भएको छ।

चितवन मेघौलीमा राप्ती नदि किनारमा रहेको बाराही जंगल लज जंगल थीममा बनाइएको छ । १२ हेक्टर भूभागमा विस्तार भएको यस लजमा बसेर आनन्दले राप्ती नदीमा जलचर रमाएको मात्र नभई चितवन राष्ट्रिय निकुञ्जमा मृग, गैंडा, हात्ती लगायतका पशुपन्छी रमाएको दृश्यावलोकन गर्न सकिन्छ । सन् २०१२ देखि सञ्चालनमा आएको यस रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि निकै नै मनमोहक छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको