Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रबैंकले कैँची चलाएपछि साना किसान लघुवित्तको लाभांश संशोधन, अब कति पाइन्छ बोनस?

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, ११ : ३२ मा प्रकाशित

राष्ट्रबैंकले कैँची चलाएपछि साना किसान लघुवित्तको लाभांश संशोधन, अब कति पाइन्छ बोनस?

नेपाल राष्ट्र बैंकले कैंची चलाएपछि साना किसान लघुवित्तको लाभांश संशोधन भएको छ ।

लघुवित्तको मङ्सिर २४ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो तर नेपाल राष्ट्र बैंकको लघुवित्त सुपरीवेक्षण विभागले लाभांश संशोधन गर्नुपर्ने बताएपछि नयाँ लाभांशदर तय गरिएको हो । अब कम्पनीले हालको चुक्ता पुँजी तीन अर्ब ३३ करोड १६ लाख १८ हजार दुई सय चार रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने ४७ करोड ४७ लाख ५५ हजार पाँच सय ९४ रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने दुई करोड ४९ लाख ८७ हजार एक सय ३६ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको छ ।

अब नेपाल राष्ट्र बैंकमा लाभांश प्रस्ताव पुन पेश गरि स्वीकृति लिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ । कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिती भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको