Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, १७ : २४ मा प्रकाशित

ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त

ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् ।

पुस १ गते आइतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका बराल २०८० पौष १ गते देखि लागू हुनेगरी ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् ।

बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेकोे अनुभव रहेको छ । यसका साथै, एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरिसकेका बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गर्नुभएका प्रकाश बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको