Like us!
Follow us!
Connect us!
Watch us!

कालंगा हाइड्रोको आइपीओ आउने, सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ०८ : ५१ मा प्रकाशित

कालंगा हाइड्रोको आइपीओ आउने, सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल नियुक्त

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँबराबरको आइपीओ ल्याउने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो।

कुल कित्तामध्ये ३४ लाख ९० हजार कित्ता साधारण शेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ । यससम्बन्धी सम्झौता बिहीबार जयोति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच भएको छ ।

ललितपुरको धोबीघाटस्थित कालंगा हाइड्रोको कार्यालयमा भएको कार्यक्रममा कालंगा हाइड्रोका तर्फबाट सञ्चालक तीर्थराज चटौत र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन्।

ज्योति विकास बैंकको सहायक कम्पनीका रुपमा रहेको ज्योति क्यापिटलको चुक्तापुँजी २१ करोड रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको