Like us!
Follow us!
Connect us!
Watch us!

नारी दिवसको अवसरमा ज्योति क्यापिटलको निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना सार्वजनिक

अर्थ संसार

विहीबार, २४ फागुन २०८०, ०८ : ४६ मा प्रकाशित

नारी दिवसको अवसरमा ज्योति क्यापिटलको निःशुल्क डिम्याट र मेरो सेयर खाता योजना सार्वजनिक

ज्योति क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो सेयर खाता” योजना सार्वजनिक गरेको छ ।

सेयर बजार प्रवेश गर्न डिम्याट खाता पहिलो शर्त भएको तथ्यलाई आत्मसाथ गरी महिलाहरुलाई पनि सेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको हो । 

उक्त योजना अवधिभर नेपाली नारीहरु नाबालक देखि साबालक सम्मले निःशुल्क डिम्याट र मेरो सेयर खोल्न पाउनेछन् । ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो । 

ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा यो लिंक जततउकस्ररमझबत।वदद।िअयm।लउरम्झबतबअअयगलतरचभनष्कतचबतष्यल मा क्लिक गरी खोल्न सकिनेछ । 

उक्त योजना ्२०८० फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।

 

65e92f6eabdad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको