Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति क्यापिटलको प्रथम वार्षिक साधारणसभा सम्पन्न, १०.५२६३ प्रतिशत नगद लाभांश पारित

अर्थ संसार

शुक्रबार, २२ भदौ २०८०, ०७ : ४४ मा प्रकाशित

ज्योति क्यापिटलको प्रथम वार्षिक साधारणसभा सम्पन्न, १०.५२६३ प्रतिशत नगद लाभांश पारित

ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।  भाद्र २१ गते बिहिबार  संचालक समितिका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा ज्योति विकास बैंक लि. को केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंको सभाहलमा सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुन आउने लाभांश कर सहित रु.२,२१,०५,२३०/- (अक्षरेपी दुई करोड एक्काइस लाख पाँच हजार दुई सय तीस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको सेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचित समेत गरेको छ । 

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । कारोवार संचालनको अनुमति पाएको ३ महिना भन्दा कम समयमा नै यस क्यापिटलले रु.६३.५९ लाखको आयकर तथा रु.३.७२ लाख बराबर अन्य कर गरी जम्मा रु.६७.३१ लाख कर मार्फत राज्यको समृद्धिमा योगदान पु¥याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको