Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

बुधबार, ०४ पुस २०८०, १६ : ०३ मा प्रकाशित

सोल्टी होटलको बोनस पछि मूल्य समायोजन

सोल्टी होटलले घोषणा गरेको पाँच प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

नयाँ समायोजित मूल्य अनुसार अब बिहीबार उक्त कम्पनीको सेयर कारोबार ४८२.८६ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ५०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरि कुल ३१.५७८ प्रतिशत लाभांश वितरण गर्दैछ । 

कम्पनीले पुस २६ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने गरि वार्षिक साधारण सभा बोलाएको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भोलि पुस ५ गते बुकक्लोज गर्दैछ ।अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको