Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, ०७ : ५७ मा प्रकाशित

निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपालले इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले हालको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाइसकेको छ । 

कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज तय गरेको थियो सोहि अनुसार आज अर्थात पुस ५ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

कम्पनीको मङ्सिर १४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेटमा बस्ने गरि बैंकको पाँचौं वार्षिक साधारणसभाको मिति तय गरेको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको