Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमे हाइड्रोको बोनस पछि मूल्य समायोजन

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, १५ : ५८ मा प्रकाशित

चिलिमे हाइड्रोको बोनस पछि मूल्य समायोजन

चिलिमे हाइड्रोपावर कम्पनीले घोषणा गरेको १० प्रतिशत बोनस सेयर अनुसार मूल्य समायोजन भएको छ । 

नयाँ समायोजित मूल्य अनुसार अब आइतबार उक्त कम्पनीको सेयर कारोबार ५१९.८२ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको प्रति सेयर ५७१.८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले कम्पनीले हालको चुक्ता पुँजी सात अर्ब २५ करोड ८१ लाख ७९ हजार दुई सय ७६ रुपैयाँको १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख १७ हजार नौ सय २७ रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ३६ करोड २९ लाख आठ हजार नौ सय ६३ रुपैयाँ गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । 

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भोलि पुस ८ गते बुकक्लोज गर्दैछ ।अर्थात आज सम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको