Like us!
Follow us!
Connect us!
Watch us!

मुनाफाबाट लाभांश नदिने प्राइम कमर्सियललाई चाहियो सेयरधनीको साथ, प्रतिवेदन पारित गर्न साधारणसभा बोलाइयो

अर्थ संसार

आइतबार, ०८ पुस २०८०, ०७ : ३१ मा प्रकाशित

मुनाफाबाट लाभांश नदिने प्राइम कमर्सियललाई चाहियो सेयरधनीको साथ, प्रतिवेदन पारित गर्न साधारणसभा बोलाइयो

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्न साधारण सभा आवहान गरेको छ।

बैंकले एक सूचना जारी गर्दै पुस २९ अमृतभोग क्याटर्स कालिकास्थान, काठमाडौंमा बिहान ११ सभा सभा बोलाएको छ । बैंकले गत आथिक वर्षको मुनाफाबाट सेयरधनी लाभांश प्रस्ताव नदिने निर्णय यसअघि नै गरिसकेको छ। 

सभामा बैंकको आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा पनि छलफल हुने तय गरिएको छ । साथै अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।

बैंकले साधारणसभा प्रयोजनार्थ पुस १९ गते बुक क्लोज तोकेको छ । अर्थात पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको