Like us!
Follow us!
Connect us!
Watch us!

बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिबिर, करिब ९ सय जना लाभान्वित

अर्थ संसार

सोमबार, ०९ पुस २०८०, ०७ : ५६ मा प्रकाशित

बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिबिर, करिब ९ सय जना लाभान्वित

नेपाल नेत्रज्योति संघ धौलागिरी आँखा अस्पतालद्धारा संचालन गरिएको निःशुल्क आँखा शिबिर मार्फत ८सय ८६ जना सेवाग्राही लाभान्वित भएका छन् । अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म जिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाँउपालिकामा संचालन गरेको शिबिर मार्फत ८८६ जनाको आँखा परिक्षण गरिएको थियो । 

अस्पताल व्यबस्थापक बिनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परिक्षण गरि मोतियाबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाे छ भने ३७५ जना बिद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना बिद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ । 

आई केयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको उक्त शिबिरमा जाँच गर्दा आँखामा समस्या देखिएका २५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको र मोतियाबिन्दु देखिएका २४ जना बिरामीहरुको समेत निशुल्क रुपमा शल्यक्रिया गरिनेछ । आर्थिक अभावमा कोहि पनि नागरिकहरु आँखा उपचारबाट बन्चित नहुन् भनेर अस्पतालले विभिन्न निकायहरुसंगको साझेदारीमा बार्षिक रुपमा निःशुल्क शिबिरहरुको आयोजना गर्ने गर्दछ ।  

वि.स २०३५ सालमा नेपालमा आँखा उपचार सेवाको विकास र विस्तारको लक्ष्य सहित एक गैर नाफामुलक संस्थाका रुपमा स्थापना भएको संघ अन्तरगत हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु संचालनमा छन् । संघ अन्तरगतका आँखा अस्पताल, आँखा उपचार केन्द्र मार्फत बार्षिक ३० लाख बिरामीको आँखा जाँच हुने गर्दछ ।

स्थापना देखि सन् २०२२ सम्ममा संघको नेटवर्क मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको