Like us!
Follow us!
Connect us!
Watch us!

जोशी हाइड्रोको हकप्रद सेबोनको पाइपलाइनमा

अर्थ संसार

बुधबार, ११ पुस २०८०, १७ : ०३ मा प्रकाशित

जोशी हाइड्रोको हकप्रद सेबोनको पाइपलाइनमा

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १:०.६५ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ  ।

कम्पनीले १:०.६५ अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद जारी गर्न बोर्डसँग मङ्सिर २० गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल २४ करोड १४ लाख १० हजार रुपैयाँ पुँजी संकलन गर्नेछ । हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३७ करोड १४ लाख  रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको