Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रोले पायो हकप्रद सेयर जारी गर्न अनुमति

अर्थ संसार

विहीबार, १२ पुस २०८०, ११ : ०८ मा प्रकाशित

सिंगटी हाइड्रोले पायो हकप्रद सेयर जारी गर्न अनुमति

सिंगटी हाइड्रोले धितोपत्र बोर्डबाट हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।

अनुमति पाएसँगै हाइड्रोले हाल जारी पुँजीको १:१ अनुपातमा एक करोड ४५ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । १०० रुपैयाँ अङ्कित उक्त परिमाणको एफपिओ जारी गरी कम्पनीले एक अर्ब ४५ करोड रुपैयाँ पुँजी सङ्कलन गर्नेछ । हाल कम्पनीको चुक्तापुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको