सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले नेपाल विद्युत प्राधिकरणले आफ्नो संस्था घाटामा गयो भनेर उद्योगीलाई प्रताडित गर्न खोजिएको आरोप लगाएका छन्।
उनले आफुहरुले विद्युत उपयोग गरे कै भए समय मै बिल किन नदिएको भनेर प्रश्न गरेका छन्। ६१ उद्योग को ३.५ वर्ष सम्म बिल गर्न पनि नसक्ने प्राधिकरण कस्तो संस्था हो , त्यो संस्थाको औचित्य के हो र त्यस संस्थाको प्रमुखको औचित्य के हो र उनलाई कारबाही हुन पर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन्।
उनले प्रमाण देखाउन नसक्दा प्राधिकरणबाट फर्जी बिल काटिएको दाबी गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस