Like us!
Follow us!
Connect us!
Watch us!

प्रजनन उपचारको महत्वपूर्ण परिवर्तन: चुनौतीहरूको सामना गर्न इन्दिरा आईभीएफ, नेपाल केन्द्रको स्थापना

अर्थ संसार

सोमबार, १६ पुस २०८०, ०९ : ३५ मा प्रकाशित

प्रजनन उपचारको महत्वपूर्ण परिवर्तन: चुनौतीहरूको सामना गर्न इन्दिरा आईभीएफ, नेपाल केन्द्रको स्थापना

पुस १४, २०८० स् भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ। भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको छ।

नेपालमा एउटा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै व्यक्तिहरूलाई सताउने बाँझोपनको सामना गर्ने तत्कालको आवश्यकता बोधबाट उत्पन्न भएको हो। तथ्यांक र प्रमाणहरूले विगत केही वर्षहरूमा नेपालको प्रजनन दरमा लगातार गिरावट आएको सङ्केत गर्छ। सन् २०२३ मा यो दर प्रतिमहिला १.७९९ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा १.४८५ले कमि हो। बृहत् अध्ययनहरूले बाँझोपनसँग लडिरहेका नेपाली परिवारहरूले सामना गरिरहेका गम्भीर आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्युसंस्कार समेत प्राप्त नहुने जटिल चुनौतीहरूलाई उजागर गरेको छ।

नेपालमा स्वास्थ्य सेवाको यात्रा सुरु गर्दै इन्दिरा आईभीएफ यस क्षेत्रलाई बलियो रूपमा जकडेको बाँझोपनका गम्भीर चुनौतीहरूको सामना गर्न दृढ रहेको दाबी गर्छ। बाँझोपनको भावनात्मक पक्ष यसै महङ्गो छ भने मार्मिक वास्तविकता यो पनि छ कि धेरै नेपाली दम्पतीहरू गुणस्तरीय उपचारको लागि भारत जान बाध्य छन्। यो कठिन यात्राले उनीहरूको आर्थिक बोझ र व्यवधानहरू मात्र बढाउँछ।

इन्दिरा आईभीएफ नेपाल केन्द्रकि प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईले जोड दिइन्, “नेपालमा बाँझोपनको प्रभाव गहिरो हुन्छ। यसको असर गर्भधारण गर्न असक्षमताको स्थिती मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ। यस्तो अवस्थामा दम्पतिहरूले ठूलो पीडा अनुभव गर्छन्, बहिष्करण र अक्षमताको महसुस गर्छन्। सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ।'

नेपालमा स्वास्थ्य सेवाहरू उपलब्ध हुँदाहुँदै पनि ती मुख्यतया सहरी क्षेत्रका निजी अस्पतालहरूमा मात्र सीमित छन्। प्रायः महँगो र उच्च सामाजिक-आर्थिक तहका मानिसहरूका लागि मात्र पहुँचयोग्य साबित हुन्छन्। यसबाहेक बाँझोपनमा विशेषज्ञता हासिल गरेका दक्ष स्वास्थ्यकर्मीको अभावले समस्यालाई झनै बढाउँछ। सीमित संशाधन भएका ठाउँहरूमा उपचारका विकल्पहरूको बारेमा चेतनाको कमिले बाँझोपनसँग जुधिरहेका व्यक्ति र दम्पतिका चुनौतीलाई थप बढाउने गर्दछ।

“हाम्रो स्थायी मिशन भनेको बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्नु हो। दम्पतिहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्नु हो,” इन्दिरा आईभीएफ नेपालकि केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ  डा. नेहा हुमागाईले टिप्पणी गरिन।

नेपालमा बाँझोपन बढ्दो चिन्ताको रूपमा रहेको छ जसलाई तत्काल ध्यानाकर्षणको आवश्यकता छ। पूर्वी नेपालका अध्ययनहरूले बाँझो दम्पतिहरूमध्ये ४६५ पुरुषहरूले खाडीमा काम गरेको पत्ता लगाएको छ, यसले प्रमुख कारकको रूपमा बसाइँसराइलाई सङ्केत गरेको छ। यद्यपि यसलाई राम्रोसँग बुझ्न थप अनुसन्धान आवश्यक छ। धेरै आप्रवासी कामदारहरूले सामना गर्ने कठिन जीवन अवस्थाहरुस जस्तै चरम गर्मी, खराब आहार र कठिन जीवन अवस्थालाई महत्त्वपूर्ण कारणहरूका रूपमा हेरिन्छ। अस्वस्थ जीवनशैली र बालीहरूमा प्रयोग गरिने कीटनाशकहरूको एक्सपोजरले पनि बाँझोपनका घटनाहरूमा ठूलो भूमिका खेल्छ।

“नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ। व्यापक हेरचाह प्रदान गर्न, बाँझोपनसँग सम्बन्धित मनोवैज्ञानिक र भावनात्मक पीडा कम गर्न र अभिभावकत्व तर्फको यात्रामा व्यक्ति र दम्पतिहरूलाई सशक्त बनाउन क्लिनिक प्रतिबद्ध छ”, इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले टिप्पणी गरे।

२,४०० भन्दा बढी व्यक्तिहरूको समर्पित टीमको साथ भारतमा १२० भन्दा धेरै केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले प्रत्येक वर्ष भारतमा ४०,००० भन्दा बढी प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्दछ। संगठनको यस सफलतालाई प्रविधिमा गरिएको निरन्तरको लगानी, विशेषगरी असिस्टेन्ट रिप्रोडक्टरी टेक्नोलोजी (एआरटी) उपचारको क्षेत्रमा गरिएको लगानीलाई श्रेय दिन सकिन्छ।

'हामी हाम्रा सेवाहरू भारतभन्दा बाहिर विस्तार गर्न र उन्नत प्रजनन उपचारको लागि विश्वव्यापी पहलमा योगदान गर्न पाउँदा उत्साहित छौं। इन्दिरा आईभीएफयी परिवर्तनकारी आविष्कारहरू अपनाउनेमा अग्रस्थानमा छ। हाम्रो प्रतिबद्धता व्यक्तिगत उपचारमा निहित छ भने हाम्रो विश्वास नवीनतम प्रविधिमा छ जसले सफलताको दर मात्र बढाउँदैन, बरू बाँझोपनको सामना गरिरहेका जोडीहरूमा आशाको सन्चार गर्दछ। हामी दम्पतिहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्न सम्भावित हरेक अवसर प्रदान गर्ने प्रयास गर्छौं।' इन्दिरा आईभीएफका सीईओ र सह-संस्थापक डा. क्षितिज मुर्दियाले भने।

इन्दिरा आईभीएफमा प्रतिबद्ध टीम उपचारका उच्चतम स्तरहरू कायम राख्न पूर्ण रूपमा प्रशिक्षित छ। उत्कृष्टताप्रतिको यो समर्पणले नेपालमा बाँझोपनको उपचारलाई रूपान्तरण गर्ने संस्थाको संकल्पलाई थप प्रकाश पार्छ। काठमाडौंमा इन्दिरा आईभीएफको स्थापनाले महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ जसले नेपालका इच्छुक आमाबाबुहरूलाई प्रजनन उपचारमा असाधारण पहुँच प्रदान गर्दछ र उनीहरूको अभिभावकत्वको सपनालाई वास्तविकतामा परिणत गर्ने सम्भावना समेत प्रदान गर्दछ।

इन्दिरा आईभीएफको बारेमा:
इन्दिरा आईभीएफ भारतको सबैभन्दा ठूलो बाँझोपनसम्बन्धी विशेषज्ञ क्लिनिक चेन हो जसको देशभरिमा १२० भन्दा बढी केन्द्रहरू छन् भने यसमा २,७०० भन्दा बढी उत्साही व्यक्तिहरूको कार्यदल छ। इन्दिरा आईभीएफले वर्षमा लगभग ४०,००० भन्दा बढी आईभीएफ प्रक्रियाहरू संचालन गर्दछ जुन भारतमा सबैभन्दा ठूलो संख्या हो।
 
एक जिम्मेवार अग्रजको रूपमा इन्दिरा आईभीएफले बाँझोपनको बारेमा व्याप्त भ्रम, कलंक, वर्जना, मिथक र गलत जानकारीहरु हटाउन निरन्तर प्रयास गर्छ। इन्दिरा आईभीएफ प्रजनन उपचारका लागि प्रतिभा विकास र प्रशिक्षण गर्न पनि प्रतिबद्ध छ। सन् २०२३ मा बीपीईए(ईक्यूटीले यस संगठनमा रणनीतिक रूपमा लगानी गरेको छ।
 
इन्दिरा आईभीएफको स्थापना सन् २०११ मा उदयपुर, राजस्थानमा डा। अजय मुर्दियाद्वारा गरिएको थियो।

 

6592383361bfa.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको